वास्तु ज्ञान : घरमा राख्न नहुने कुरा

नेपालखोज २०८० भदौ १ गते ६:००

काठमाडाैं । निरन्तर परिश्रम र आपसी सहयोगको भावनाले गर्दा पनि घरमा गरिबी वा कलह कायम छ भने सचेत रहनुपर्छ । यसको कारण घरमा रहेको वास्तु दोष पनि हुन सक्छ । घरमा रहेका सबै वस्तु तथा त्यसको दिशाबाट नकारात्मक र सकारात्मक ऊर्जा उत्पन्न हुन्छ ।

जानीजानी वा नजानी केही यस्ता कुराले पनि हाम्रो घरमा आफ्नो स्थान बनाउँछन जसका कारण हामीले मानसिक यातना, आर्थिक हानि एवं शारीरिक पीडाको सामना गर्नुपर्ने हुन्छ । आज यस्ता ५ चिजका बारेमा जानौं जुन चिज हामीले गल्तिले पनि घरमा राख्नु हुँदैन ।

बेडरुममा ऐना

वास्तुशास्त्र अनुसार घरमा ओछ्यान अगाडि ऐना राख्नु हुँदैन । यसो गर्नाले घरमा नकारात्मक उर्जा बढ्छ । यहि कारणले ओछ्यानमा सुत्ने व्यक्तिलाई निद्रा आउँदैन जसले गर्दा मानसिक तनाव बढ्छ ।

घरको मुख्य द्वारमा जुत्ता /चप्पल

घरको मेन गेटमा जुत्ता / चप्पल राख्नुहुँदैन । यसै गरि जुत्ता ( चप्पललाई यता उता छरेर नराख्नुहोस् । यसले नकारात्मक ऊर्जालाई प्रवेश गर्ने अनुमति दिन्छ।

घरका इलेक्ट्रोनिक्स

वास्तुशास्त्र अनुसार आफ्नो ओछ्यान वरिपरि इलेक्ट्रोनिक सामानहरु राख्नुहुँदैन । यसो गर्दा राम्रोसँग निद्रा लाग्दैन । यसको प्रमुख कारण अवचेतन मनमा विद्युतसँग सम्बन्धित कुनै दुर्घटनाको डर हुन्छ ।

क्याक्टस रोप्नु हुँदैन

वास्तु अनुसार घरमा क्याक्टसका बिरुवा लगाउनु शुभ मानिदैन । यसबाट नकारात्मक ऊर्जा निस्कन्छ । यस्ता घरमा सदस्यहरूबीच पटक–पटक तनाव र झगडा हुने गरेको पाइन्छ ।

अनावश्यक चीजहरू घर बाहिर निकाल्ने

यदि कुनै पुरानो र टुटेको चीज घरमा कतै राखिएको छ भने त्यसबाट नकारात्मक ऊर्जा बाहिर निस्कन्छ । यसबाट गरिबी र मानसिक समस्याको सामना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया