आज देखि दक्षिण एसियाली ब्याडमिन्टन

काठमाडौं । आज काठमाडौंमा दक्षिण एशियाली ब्याडमिन्टन प्रतियोगिता प्रारम्भ हुँदैछ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठका अनुसार यो प्रतियोगिता अन्तरगत यू १५ मा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्स गरी ५ वटा स्पर्धा हुने छन् ।
त्यस्तै यू १७ मा पनि गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्स डबल्स, व्याइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धा हुनेछन । प्रतियोगितामा कुल १२ इभेन्ट हुनेछन् ।
आयोजक नेपालसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स गरी दक्षिण एसियाका ६ देशका उत्कृष्ट खेलाडीले यो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । हरेक देशबाट गल्र्स र ब्वाइजमा बढीमा ८- ८ खेलाडी प्रतिस्पर्धा सहभागि छन् । च्याम्पियनसिपमा गल्र्स र ब्वाइजतर्फ समान २६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
शसस्त्र प्रहरी बलको हलचोस्थित एपिएफ क्लबको कभर्ड हलमा भदौ ५ गते सम्म चल्ने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
व्यक्तिगत स्पर्धामा आयोजकका नाताले नेपालले तीन जना खेलाडीलाई एउटै स्पर्धामा सहभागि गराउन पाउनेछ भन्ने अन्य देशकाले एउटा स्पर्धामा २ खेलाडीसम्म प्रतिस्पर्धा गराउन पाउनेछन ।
च्यापियनसिपका दौरान दक्षिण एसियाली स्तरका विभन्न चार अन्य इभेन्ट्स पनि सञ्चालन हुने बताइएको छ जसमा एसियन लिडर्स डेभलप्मेन्ट मिटिङ, साउथ एसिया उमन इन ब्याडमिन्टन वर्कसप, साउद एसिया रिजलन अपायर्स कोर्स र साउद एसियन जुनियर ट्रेनिङ क्याम्प छन् ।

प्रतिक्रिया