आइतबार, वैशाख १४, २०८२

सातामा १० अर्ब ४८ करोड ८५ लाखको सेयर किनबेच

नेपालखोज २०८० भदौ १ गते ११:३२

काठमाडौं । यो साता नेप्से दुई हजार ३३ दशमलव १३ अंकमा सिमित हुन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८७ दशमलव ३८ अंकमा सिमित हुन पुगेको छ ।

यो साता दुुई सय ८९ वटा कम्पनीहरुको तीन लाख १४ हजार नौं सय छ पटकको कारोबारमा दुई करोड ९५ लाख ८७ हजार दुई सय ३० कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम १० अर्ब ४८ करोड ८५ लाख ११ हजार चार सय ९६ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको बराबरको हो ।

गत साता नेप्सेमा दुुई सय ६९ वटा कम्पनीहरुको तीन लाख १४ हजार नौं सय ११ पटकको कारोबारमा दुई करोड ४५ लाख २५ हजार नौं सय ६१ कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम १० अर्ब ८० करोड २६ लाख ४६ हजार चार सय ४९ रुपैंयाँ पुगेको थियो ।

यो साता नेप्से पाँच कार्य दिन नैं खुल्ला रहेकोमा पहिलो र अन्तिम दिन बढे पनि बाँकी दिनहरुमा भने लगातारघ घटेको थियो । जसमध्ये पहिलो दिन १४ दशमलव ८१ अंकले उकालो लागेर दुई हजार ८० दशमलव ८६ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन पनि आठ दशमलव शुन्य एक अंकले बढेर दुई हजार ३३ दशमलव १३ अंकमा कायम रहन सफल भएको थियो ।

यसैगरी पहिलो दिन तीन दशमलव ९१ अंकले बढेर तीन सय ९८ दशमलव शुन्य सात अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि एक दशमलव शुन्य आठ अंकले बढेर तीन सय ८७ दशमलव ३८ अंकमा कायम रहन सफल भएको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता हिमालयन डिष्ट्रिलरी प्रालि, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया