शनिबार, जेठ ५, २०८१

विश्व फाेटाेग्राफी दिवश

सुनिल उलक २०८० भदौ २ गते ७:३२

आज ‘विश्व फाेटाेग्राफी दिवश’ सबैलाई थाहा नहोला किन १९ अगस्टमा मनाउने गरियो भन्ने वारे ।

सन् १८२६ मा Joseph Nicéphore Niépce ले एउटा प्रयोग गरेका थिए, एउटा मेटलको प्लेटमा अलकत्रा जस्तो पदार्थ दलेर सानो प्वालबाट प्रकाश छिराएर परावर्तित किरणबाट Niépce को घरको माथिल्लो तलाको झ्यालको तस्विर उतारेका थिए ।

यो नै संसारको पहिलो तस्विर हो । पछि १८३७ मा Louis Daguerre संग मिलेर यो आविष्कारलाई साकार रूप दिइयो । जसलाई १९ अगस्ट १८३९ मा फ्रान्स सरकारले सर्वाधिकार किनेर सबैलाई निशुल्क उपलव्ध गराइयो ।

सन् २०१० को अगस्ट १९ मा विश्वका २७० फोटोग्राफरले आफ्नो तस्विर अनलाइन फोटो प्रदर्शनी गरे । जसलाई संसारको १०० भन्दा बढी जनताले एकसाथ अवलोकन गरे । त्यसै सालबाट १९ अगस्टलाई ‘विश्व फोटोग्राफी दिवश’ को रूपमा मनाउन थालियो ।

आज हामी फोटोग्राफीको बिभिन्न चरण पार गरी डिजिटल युगमा पुगेका छौ । डिजिटल युगको शुरूवात सन् १९५७ मा भएको थियो ।

आज यहि विश्व फाेटाेग्राफी दिवशकाे उपलक्षमा ति सम्पूर्ण फाेटाेग्राफर जसकाे दुर्लभ तस्विर मैले आज संग्रह गरिरहेकाे छु । ति सबैलाई सादर प्रणाम गर्न चाहन्छु । तिनीहरूकाे देन

प्रतिक्रिया