पत्रकार आचार्यको निधन
नेपालखोज
२०८० भदौ २ गते १५:३१

काठमाडौं । पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा गए राति काठमाडौंमा निधन भएको हो ।
पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित थिए । वि.सं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए ।
उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए । उनका श्रीमति, तीन छोरा र दुई छोरी छन् ।
सम्बन्धित
प्रतिक्रिया