शनिबार, पुष ५, २०८२

थाई पूर्वप्रधानमन्त्री थाक्सिन मङ्गलबार स्वदेश फर्कने

नेपालखोज २०८० भदौ २ गते २१:०४

बैङ्कक । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा मङ्गलबार स्वदेश फर्कने उनकी छोरी पेतोङतार्न सिनावात्राले बताएकी छिन् ।

सन् २००६ मा भएको सैन्य ‘कू’ मा सत्ताच्युत भएका ७४ वर्षीय अर्बपतिले १५ वर्ष स्वनिर्वासनमा बिताएका छन् ।

थाक्सिनले लामो समयदेखि आफू घर फर्कन चाहेको बताउँदै आएका छन् तर उनीमाथि विभिन्न आपराधिक आरोप लागेका छन् ।

फेउ थाई दोस्रो स्थानमा आएको छ र सरकार गठनको प्रयास गरिरहेका छ । उहाँ लामो समयदेखि विभाजनकारी व्यक्तित्व रहे पनि राजनीतिक विश्लेषकहरूले थाक्सिनको उपस्थितिले विरोध प्रदर्शन सुरु हुने अपेक्षा गरेका छैनन् ।

प्रतिक्रिया