विश्वकप फाइनलमा स्पेन र इंग्ल्यान्ड भिड्दै

सिड्नी । फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधिको लागि स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल स्टेडियम अष्ट्रेलिया सिड्नीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ ।
नवौं संस्करणको विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का छ । दुई पटकको च्याम्पियन जर्मनी समूह चरण, चारपल्टको च्याम्पियन अमेरिका र एक पालीको च्याम्पियन नर्वे प्रि–क्वाटरफाइनलबाट तथा यो खेल स्टेडियम अष्ट्रेलिया सिड्नीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ । नवौं संस्करणको विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का छ ।
दुई पटकको च्याम्पियन जर्मनी समूह चरण, चारपल्टको च्याम्पियन अमेरिका र एक पालीको च्याम्पियन नर्वे प्रि–क्वाटरफाइनलबाट तथा एक पल्टको जापान क्वाटरफाइनलबाट बाहिरिसकेको छ ।
स्पेनले स्वीडेनलाई २–१ ले तथा इंग्ल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा स्थान सुरक्षित गरेको छ । दुवै टोली पहिलोपटक विश्वकपको च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यस विश्वकपमा स्पेन पछिल्लो तीन खेलमा अपराजित छ ।
पछिल्लोपटक यि दुई टोलीले सन् २०२२ मा युरो कपमा प्रतिस्पर्धा गर्दा इंग्ल्यान्डले अतिरिक्त समयमा जित निकालेको थियो । स्पेन पछिल्लो तीन खेलमा तथा इंग्ल्यान्ड पछिल्लो सात खेलमा अपराजित छ ।
यसअघि सह–आयोजक अष्ट्रेलियामाथि २–० को सहज जित दर्ता गर्दै स्वीडेनले फिफा महिला विश्वकप फुटबल २०२३ मा तेस्रो स्थान हासिल गरिसकेको छ ।
इंग्ल्यान्डको फाइनल यात्रा
समूह चरण
इंग्ल्यान्डविरुद्ध हाइटी (१–०)
इंग्ल्यान्डविरुद्ध डेनमार्क (१–०)
इंग्ल्यान्डविरुद्ध चीन (६–१)
प्रि–क्वाटरफाइनल
इंग्ल्यान्डविरुद्ध नाइजेरिया (०–०) टाइब्रेकरमा ४–२ को जित
क्वाटरफाइनल
इंग्ल्यान्डविरुद्ध कोलम्विया (२–१)
सेमिफाइनल
इंग्ल्यान्डविरुद्ध अष्ट्रेलिया (३–१)
स्पेनको फाइनल यात्रा
समूह चरण
स्पेनविरुद्ध हाइटी (३–०)
स्पेनविरुद्ध जाम्विया (५–०)
स्पेनविरुद्ध जापान (०–४)
प्रि–क्वाटरफाइनल
स्पेनविरुद्ध स्वीट्जरल्यान्ड (५–१)
क्वाटरफाइनल
स्पेनविरुद्ध नेदरल्यान्ड्स (२–१)
सेमिफाइनल
स्पेनविरुद्ध स्वीडेन (२–१)

प्रतिक्रिया