आइतबार, वैशाख १४, २०८२

झण्डै २२ अंकले घट्दा एक अर्ब ४४ करोडको सेयर किनबेच

नेपालखोज २०८० भदौ ३ गते १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्सेमा गिरावट आएको छ । नेप्से आज २१ दशमलव ९९ अंकले घटेर दुई हजार ११ दशमलव १४ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २५ अंकले घटेर तीन सय ८४ दशमलव १२ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरुको ४३ हजार तीन सय ४६ पटकको कारोबारमा ४४ लाख ५९ हजार चार सय ५९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौं सय ४२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ६० अंकले घटेर १२ सय ७० दशमलव ५० अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३५ दशमलव ६० अंकले घटेर तीन हजार सात सय ६९ दशमलव ५२ अंंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि ११ दशमलव शुन्य छ अंकले घटेर १७ सय १६ दशमलव ९० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ५० दशमलव ११ अंकले घटेर दुई हजार ८४ दशमलव ८५ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ३४ दशमलव ९० अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७२ दशमलव ७३ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्र्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय छ दशमलव २६, शुन्य दशमलव ६९, ८८ दशमलव ५४, ३२ दशमलव २३, शुन्य दशमलव शुन्य चार, २३ दशमलव ५७ र ३६ दशमलव ६० अंकले घटेका छन् ।

नेप्सेमा आज फरवार्ड कम्युनिटी माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुलय चार दशमलव ५७ प्रतिशतले बढेर १२ सय ४६ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा कृषि बिकास बैंक ऋणप २०८३ को प्रतियुनिट सेयर मुल्य १० प्रतिशतले घटेर एक हजार २९ रुपैंयाँ ६० पैसामा कारोबार भएको छ ।

यसैगरी आज आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय ८० रुपैंयाँ अन्तिम मुल्यमा छ करोड ६३ लाख एक हजार ७० रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया