नेपालखोजमा दिनभरकाे खबर सारांश !
नेपालखोज
२०८० भदौ ३ गते २१:५०
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाए ।
आर्थिक वर्ष २०७९/८० मा पुष्प व्यवसायमा रु तीन अर्ब सात करोडको वार्षिक कारोबार, आव २०७८/८९ भन्दा रु ७७ करोडले बढी ।
कालिगण्डकी नदीमा पानीको बहाव बढ्याे, आसपासका बासिन्दालाई सतर्क रहन आग्रह ।
फिफा महिला विश्वकपकोमा इंग्ल्यान्डमाथि जित निकाल्दै स्पेन पहिलोपल्ट च्याम्पियन ।
डेंगु संक्रमित १६ हजार नाघे, अहिलेसम्म १२ जनाको मृत्यु ।
मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला ।
अमेरिकाको हवाई राज्य, क्यानडा र स्पेनको एउटा टापुमा लागेको डढेलोले अकल्पनीय क्षति ।
अस्थायी साधन प्रयोग गर्न अझै डराउँछन् महिला ।
सम्बन्धित

प्रतिक्रिया