शुक्रबार, वैशाख १२, २०८२

हाँडे वा गलफुलोको प्रकोप

नेपालखोज २०८० भदौ ५ गते ९:००

अहिले नेपालमा डेंगु र आँखा पाक्ने संक्रमणका साथै हाँडे वा गलफुलोको प्रकोप पनि निकै बढिरहेको छ ।

हाँडेरगलफुलोका चिन्ह लक्षण

– चिउँडोरगालाको एकातिर वा दुबैतिर सुन्निनु वा दुख्नु

– ज्वरो आउनु
– हाडजोर्नी दुख्नु
– खान मन नलाग्नु
– रुघारखोकी लाग्नु
– थकान महसुस हुनु
– टाउको दुख्नु
– शरीर दुख्नु

यो रोग संक्रमित व्यक्त्तिले खोक्दा, हाँच्छिउ गर्दा वा र्‍याल, सिंगानको छिटाबाट सर्न सक्छ ।

माथिका लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।

हाँडेरगलफुलोबाट हुनसक्ने जटिलता
– अचेत हुनु
– धेरै पेट दुख्नु
– तारान्तार बान्ता हुनु
– अण्डकोष सुन्निनु
– कान दुख्नु वा सुन्ने क्षमता कमजोर हुनु

रोकथामको उपाय

– बिरामी भएको कम्तिमा ५ दिन घरमै आराम गर्ने
– प्रशस्त पोषिलो आहार र झोलिलो खानेकुरा खाने
– संक्रमित व्यक्त्तिले प्रयोग गरेको भाँडाकुँडारकपडा प्रयोग नगर्ने
– खोक्दा, हाँच्छिउ गर्दा मुख छोप्ने साथै मास्कको प्रयोग गर्ने
– साबुन(पानीले मिचिमिची हात धुने
– व्यक्त्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान पुर्‍याउने ।

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया