सडकमा फोहोर फ्याँक्ने वडाध्यक्षलाई जरिवाना

वीरगन्ज । सडकमा फोहोर फ्याँक्ने वडाध्यक्षलाई वीरगन्ज महानगरपालिकाले जरिवाना तिराएको छ। जथाभावी फोहोर फ्याँकेको भन्दै महानगरपालिकाको सरसफाइ शाखाले वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश शाहलाई २ हजार रुपैयाँ जरिवाना तिराएको हो।
सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले वडाध्यक्षले घरअगाडि कच्डा फोहोर फ्याँकेका कारण जरिवाना तिराएको बताए। यता वडाध्यक्ष शाहले भने आफूसँग राजनैतिक प्रतिशोध साँधिएको बताएका छन् ।
शाहले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टीकरण राख्दै घरमा राखिएको फोहोर आफूले सफा गरे पनि महानगरपालिकाको नेतृत्व पक्षले राजनैतिक प्रतिशोध साँध्न घटनाको एक दिनपछि नगरप्रहरीले हुलहुज्जत गर्दै जबर्जस्ती जरिवाना तिराउन लगाएको बताएका छन्।
महानगर क्षेत्रलाई सुन्दर, सफा र स्वच्छ सहर बनाउने उद्देश्यसहित महानगरपालिकाले गत पुस दोस्रो सातादेखि सडक, पेटी, नाला वा खाली जग्गामा फोहोर फाल्नेलाई जरिवाना गरी कारबाही गर्दै आएको छ। –INS

प्रतिक्रिया