कांग्रेस नेता डा. कार्कीको निधन
नेपालखोज
२०८० भदौ ६ गते २१:४४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको निधन भएको छ । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वप्रदेशसभा सदस्य कार्कीको आज साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित डा. कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको डा. कार्कीका छोरा डा. अमितसिंह कार्कीले जानकारी दिए ।
धादिङ, नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।
स्वर्गीय कार्कीको पार्थिव शरीरलाई भोलि भदौ ७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया