बुधबार, असार १८, २०८२

टी-ट्वेन्टी महिला क्रिकेट सिरिजमा नेपालले घरेलु टोली मलेसियासँग खेल्दै

नेपालखोज २०८० भदौ ८ गते १०:३८

क्वालालम्पुर। मलेसियामा जारी चार देशीय टी-ट्वेन्टी महिला क्रिकेट सिरिजमा शुक्रबार नेपालले घरेलु टोलीको सामना गर्दै छ । बायोमास क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १२ बजे सुरु हुने छ ।

शुक्रबार बिहानको खेलमा हङकङले कुवेतको सामना गरेको छ । शुक्रबारै हुने दुई खेलबाटै फाइनल पुग्ने टोलीको पनि टुङ्‍गो लाग्ने छ । दुई जितबाट चार अंक बनाएको नेपाल तालिकाको शीर्ष स्थानमा भए पनि फाइनलमा पुगिसकेको छैन । 

हङकङको फाइनल पुग्ने सम्भावना कायमै रहँदा कुवेत भने बाहिरिसकेको छ । फाइनल पुग्न तीनै टोलीलाई जितको अवश्यकता छ । त्यसैले फाइनल पुग्न मलेसिया र हङकङको पनि उत्तिकै सम्भावना छ ।

प्रतिक्रिया