बुधबार, जेठ २, २०८१

लीनाको काम : एक वर्षमा नौ सय पुस्तक अध्ययन

नेपालखोज २०८० भदौ ८ गते १४:२७

गल्याङ । नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् स्थानीय लीना पाण्डे । आठ वर्षीया लीनाले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छिन् ।

विसं २०३० मा स्थापना भएको विद्यालयमा बाल पुस्ताकालय नहुँदा साना बालबालिकामा विषयवस्तुभन्दा बाहिरका पुस्तक पढ्ने चलन थिएन ।

अहिले विद्यालयमा बाल पुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकामा पुस्तक पढ्ने रुचि विकास हुँदै गएको पुस्तकालयका व्यवस्थापक रुपा न्यौपानेले बताईन्।

एक वर्ष अगाडि विद्यालयमा साक्षरता कार्यक्रम लागू भएसँगै बाल पुस्तकालय स्थापना भएको उनले जानकारी दिईन् । यसअघि विद्यालयमा बाल पुस्तकालय नहुँदा बालबालिका उमेरअनुसार बाहिरी पुस्तक पढ्नबाट वञ्चित थिए ।

लीनालाई पनि किताबसँग रमाउने बानीपरेको थिएन । पाठ्यक्रम र पाठ्यपुस्तकमा जे छ, शिक्षकशिक्षकाले जे पढाउछन् त्यही विषयवस्तुमा सीमित हुनुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया