धरानको निषेधाज्ञा नतोडी प्रहरीले जहाँ रोक्छ त्यहीँ बस्ने धार्मिक अगुवाहरुको निर्णय
नेपालखोज
२०८० भदौ ८ गते १९:०१

काठमाडौं । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेसँगै धरानमा भोलि हुने भनिएको वृहत धार्मिक र्याली प्रभावित बनेको छ । धार्मिक अगुवाहरुले र्याली स्थगन गरेको छैनन्, तर निषेधाज्ञा नतोड्ने नीति लिएका छन् ।
धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले भोलि शान्ति र्याली निकाल्ने तयारी गरेका थिए । यसले मुठभेडको खतरा पैदा भएको भन्दै जिल्ला प्रशासन कार्यालयले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।
जिप्रकाको यो आदेशपछि धरानमा पूर्वनिर्धारित शान्ति र्याली आयोजना हुन नसक्ने भएको हो ।
सम्बन्धित

प्रतिक्रिया