शनिबार, जेठ ५, २०८१

६५ वर्ष अगाडि जापानबाट तयारी चाउचाउ सुरुवात भएकाे दिन आज

सुनील उलक २०८० भदौ ८ गते २०:१०

काठमाडाैं । आजैको दिन ६५ वर्ष अगाडि जापानबाट तयारी चाउचाउ शुरुवात भएको थियो । पहिलो पटक रामेन चाउचाउको उत्पादन भएको थियो । निसिन फुड्सले उत्पादन थालेको थियो । हल्का भुटेको चाउचाउलाई सानो आकारमा बनाएको हुन्छ । साथमा मसलाको पोका पनि राखिएको हुन्छ । यसलाई उमालेको पानीमा राखेर केहीबेर पकाउनासाथ खान मिल्छ । यो उत्पादन शुरु भएको केही वर्षमा कप नुडल्स भनेर उत्पादन थालिएको थियो ।

यसको २४ वर्षपछि नेपालमा, त्यो पनि पोखरामा गण्डकी नुडल्स कम्पनीले रारा चाउचाउ नामबाट २०३९ माघ २३ गते तैयारी चाउचाउ उत्पादन तथा बिक्री थालनी गरेको थियो । पोखराका उद्योगपति र ब्यापारीहरु फणीन्द्रमान श्रेष्ठ, कृष्ण आचार्य र सूर्यबहादुर केसीको संयुक्त प्रयासमा दक्षिण एशियामा नै पहिलो पटक तैयारी चाउचाउ उत्पादन नेपालमा शुरु भएको थियो ।

‘आर ए आर ए रारा, मिठो भन्छन् सारा’ भन्ने बिज्ञापन सबैका मुखमा झुन्डिएको थियो । अहिले गण्डकी नुडल्स प्राली । सूर्यबहादुर केसीको मात्रै रहेको छ । फणीन्द्रमान र सूर्यबहादुर केसीले यो संसार छोडिसक्नु भएको छ । कृष्ण आचार्य भने हाइड्रोपावरमा निकै लगानी गर्नुभएको छ । नेपालमा पहिलो पटक शुरु भएको डिस होममा पनि वहाँको लगानी रहेको छ ।

प्रतिक्रिया