पहिरोका कारण पृथ्वीराजमार्ग दुइतर्फीनै अवरुद्ध, सवारी साधनहरू कुरिनटारमै राेकिए
नेपालखोज
२०८० भदौ ८ गते २०:४४

मुग्लिन । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो ।
अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए । पहिरोका कारण काठमाडौं जाने सवारी साधनहरू मुग्लिन र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारी साधनहरू कुरिनटारमै रोकिएका छन् । rss
सम्बन्धित
प्रतिक्रिया