सोमबार, वैशाख १७, २०८१

बलिउड स्टारको मित्रता कस्को कस्तो ?

नेपालखोज २०८० भदौ १० गते १७:४९

काठमाडाैं । बलिउडको मित्रता निकै चर्चित छ । मानिसहरूले धेरै साथीहरूको उदाहरण दिन्छन्। शाहरुख खान र सलमान खानदेखि लिएर करण जोहर र ट्विंकल खन्नासम्मको मित्रताको कथा चर्चामा रहन्छ ।

शाहरुख खान र सलमान खान

शाहरुख खान र सलमान खानको मित्रता निकै निकट छ । सलमान हरेक राम्रो र खराब समयमा शाहरुखको साथमा उभिएका पाइन्छन् । आर्यन खान जेल जाँदा पनि शाहरुखलाई भेट्ने पहिलो ब्यक्ति सलमान खान थिए ।

करण जोहर र ट्विंकल खन्ना

करण जोहर र ट्विंकल खन्नाको मित्रता स्कूलको समयदेखिको हो। करण ट्विंकल खन्नालाई स्कुल पढ्दा देखि नै मन पराउँथे । ट्विंकल खन्नाले पनि यसबिषयमा धेरै पटक कुरा गरेकी छिन् ।

करण जोहर र फराह खान

करण जोहर र फराह खानको मित्रता पनि सानैदेखिको हो । दुबै धेरै नजिक छन्। करण आफ्नो फिल्ममा फराह खानबाटै कोरियोग्राफी गराउँछन्।

रणवीर सिंह र अर्जुन कपुर

रणवीर सिंह र अर्जुन कपुरको मित्रता पनि कसैबाट लुकेको छैन । दुवै ‘गुन्डे’ मा सँगै देखिएका थिए । दुवै धेरै पार्टीमा सँगै देखिएका छन् । दुवै जना आफन्त पनि हुन् ।

वरुण धवन र आलिया

वरुण धवन र आलियाले सँगै डेब्यू गरेका थिए । उनिहरु दुबै स्टार किडस भएकाले पहिले देखि नै एक अर्का सँग परिचित थिए र उनिहरु बिच राम्रो सम्बन्ध छ।

जान्हवी र सारा अली खान

जान्हवी र सारा अली खानको मित्रता पनि निकै बलियो छ । दुबैजना सँगै योग गरिरहेका देखिन्छन् । यति मात्र होइन दुवै जना सँगै छुट्टी मनाउन माल्दिभ्स र केदारनाथ गएका छन् । लकडाउनको समयमा उनिहरुको मित्रता बढेको थियो ।

मलाइका अरोरा र करीना कपूर

मलाइका अरोरा र करीना कपुरको मित्रता कसैबाट लुकेको छैन । दुईजना प्रायः सँगै हुन्छन् । सामाजिक सञ्जालमा पनि उनिहरुको पार्टीका तस्बिर भाइरल भैरहन्छन ।

ऋतिक रोशन र फरहान अख्तर

ऋतिक रोशन र फरहान अख्तरले फिल्ममा सँगै काम मात्र गरेनन्, दुवै पुराना र मिल्ने साथी पनि हुन् । फरहान अख्तरको दोस्रो विवाहमा पनि ऋतिक रोशन ‘सेनोरिता’ गीतमा नाचिरहेका थिए ।

प्रतिक्रिया