शुक्रबार, चैत १६, २०८०

आदिपुरुषको तेलुगु राइट्स १७० करोडमा बिक्री

नेपालखोज २०८० जेठ १५ गते १०:४५

मुम्बई । ‘बाहुबली’ स्टार प्रभासको स्टारडम अहिले पनि निकै ठूलो छ । ‘बाहुबली’ रिलिज पछि दुई असफल फिल्मका बाबजुद उनको फ्यान फलोइङमा कुनै कमी आएको छैन ।

यहीकारण उनको आगामी र पहिलो फूल फ्लेज बलिउड फिल्म ‘आदिपुरुष’प्रति दर्शकको चासो बढ्दो छ । ओम राउत निर्देशित यो फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खानलगायतको अभिनय छ ।

यो फिल्म अब रिलिज अघि नै नाफामा जाने भएको छ । फिल्म हिन्दी, तमिल, तुलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ ।

फिल्मको तेलुगु राज्यको थिएट्रिकल राइट्स १७० करोडमा बिक्री भएको छ । यो फिल्मको हिन्दी र बाँकी भाषाको थिएट्रिकल राइट्स पनि बिक्रीको तयारीमा छ ।

प्रतिक्रिया