बुधबार, जेठ २, २०८१

गुगलले एक क्लिकमा कति कमाउँछ ?

नेपालखोज २०८० भदौ ११ गते १७:२२

काठमाडाैं । गुगलले एक क्लिकमा कति कमाउँछ भन्ने कुरा थाहा पाएर जो कोहि छक्क पर्छन् । हामी इन्टरनेटमा कुनै कुरा खोज्न गुगलको मद्दत लिन्छौं, तर के तपाईलाई थाहा छ गुगलले तपाईको एक क्लिकबाट कति कमाउँछ ?

निधि स्टक एक्सचेन्जको तथ्यांक अनुसार यो वर्षको जनवरीदेखि मार्चसम्म अर्थात् तीन महिनाको कुरा गर्ने हो भने गुगलले यस बीचमा कुल ९.२३ करोड रुपैयाँ कमाएको छ ।

गुगलले विज्ञापन खोजबाट सबैभन्दा धेरै कमाउँछ जुन यसको कमाईको ५७.८ प्रतिशत हो । गुगलले विज्ञापन खोजबाट ५ .३६ लाख करोड कमाएको छ । गुगल क्लाउड र एडसेन्सबाट गुगलले १७.७ प्रतिशत कमाउँछ अर्थात् गुगलले दुवैबाट २१६ हजार करोड रुपैयाँ कमाएको छ । गुगलले आफ्नो आम्दानीको ९.६ प्रतिशत युट्युबबाट कमाउँछ। तीन महिनामा गुगलले युट्युबबाट ८९ हजार करोड कमाएको छ ।

गुगल प्ले स्टोरबाट गुगल राजस्वको १०.६ प्रतिशत कमाउँछ। यसबाट तीन महिनामा ३०७ हजार करोड रुपैयाँ आम्दानी भएको छ । यसैगरी गुगलले अन्य स्रोतबाट ६.४ हजार करोड कमाएको छ ।

प्रतिक्रिया