मंगलबार, जेठ १, २०८१

मनसुनसँगै बढ्दैछ आँखाको सरुवा रोग

नेपालखोज २०८० साउन १० गते १०:००

काठमाडाैं । अहिले देशका विभिन्न भागमा कन्जक्टिभाइटिस (आँखाको फ्लू) का केसहरू देखा पर्न थालेको छ । वर्षासँग यसको के सम्बन्ध छ र यसबाट कसरी जोगिने केही जानकारी लिउँ । यतिबेला आँखाका बिरामीहरु बढेका छन् । अहिले अस्पताल तथा दबाइ पसलहरुमा कन्जक्टिभाइटिसका बिरामीहरू फेला पार्न सकिन्छ । यस्तो अवस्था यसपटकको मात्र समस्या होइन । पानी परेपछि हरेक पटक कन्जक्टिभाइटिसको समस्या बढ्छ ।

यसमा संक्रमणका कारण आँखा गुलाबी वा रातो हुन्छ र त्यसपछि पानी निस्कन थाल्छ । समयसँगै आँखा सुन्निने र दुख्ने समस्या पनि बढ्छ । बुझ्नु पर्ने कुरा के हो भने वर्षायाममा वा मनसुनमा नै किन कन्जक्टिभाइटिसको समस्या बढ्छ रु यसबाट जोगिने उपाय के हो ?

वर्षायाममा किन बढ्छ कन्जक्टिभाइटिस ?

मनसुनमा ब्याक्टेरिया, भाइरस तथा क्ल्यामिडिया संक्रमणको जोखिम उच्च हुन्छ । वास्तवमा यो मौसममा आर्द्रताका कारण जहाँ भाइरसलाइ फैलिने मौका मिल्छ त्यहीँ आर्द्रताका कारण संक्रमण लामो समयसम्म रहन्छ । कन्जक्टिभाइटिसको अवस्था पनि त्यस्तै छ। यो एडेनोभाइरस, हर्पेस सिम्प्लेक्स भाइरस तथा भेरिसेला जोस्टर जस्ता भाइरसहरूले गर्दा हुन्छ । य‍ो सिजनमा अत्याधिक पसिना आउने कारणले मानिसहरु बारम्बार हातले आँखा छुन्छन र यो संक्रमण फैलिन्छ ।

कन्जक्टिभाइटिसबाट कसरी ज‍गिने ?

– आफ्नो आँखा बारम्बार नछुनुहोस्।
– चिसो पानीले आँखा सफा गरिरहनुहोस्।
– आफ्नो तौलिया र रुमाल कसैसँग साझा नगर्नुहोस्।
– घरबाट बाहिर निस्कँदा चस्मा लगाउनुहोस ।
– आफ्नो तकिया कभर सफा राख्नुहोस् र यसलाई परिवर्तन गरिरहनुहोस्।
– आँखामा गाजल आदि लगाउँदा मेकअप उपकरणको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
– आँखाको लेन्सको सफाइमा विशेष ध्यान दिनुहोस्।

कन्जेक्टिभाइटिसका बिरामीले निम्न कुरामा ध्यान दिनुपर्छ

– यदि तपाईंलाई कन्जेक्टिभाइटिस लागेको छ भने तपाईंले गर्नु पर्ने पहिलो कुरा भनेको अन्य व्यक्तिहरूबाट दूरी राख्ने तथा कालो चश्मा लगाउने हो ।
– कन्ट्याक्ट लेन्स, तौलिया तथा रुमाल आदि साझा नगर्नुहोस् ।
– पौडी खेल्न नजानुहोस् र घाममा धेरै बाहिर नहिडनुहोस् ।
– भीडभाड हुने ठाउँबाट टाढा रहनुहोस्।

यी लक्षणहरूबाट सतर्क रहनुहोस्

यो संक्रमणबाट बच्ने एउटा उपाय यसको लक्षण देखिने बित्तिकै सतर्क हुनु हो । समयमै आफूलाई अरूबाट अलग गरेर डाक्टरकहाँ जानु उपयुक्त हुन्छ । तसर्थ यदि आफ्नो आँखा रातो हुँदैछ , आँखा चिलाउँछ भने आफूलाई मानिसहरूबाट टाढा राख्नुपर्छ । यसबाहेक आँखामा कचेरा लागेको वा सुन्निएको छ र प्रकाश संवेदनशीलता छ भने डाक्टर कहाँ गै आफ्नो जाँच गराउनुपर्छ ।

प्रतिक्रिया