मंगलबार, असार १०, २०८२

नवनिर्वाचित सभापतिबाट पद तथा गोपनीयताको शपथ

नेपालखोज २०८० भदौ ११ गते १९:११

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन् ।

सो अवसरमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सांसदलगायत उपस्थित थिए ।

प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । सबै विषयगत समितिमा एकल उम्मेदवारी रहेकाले १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया