सोमबार, असार २, २०८२

‘सकारात्मकता लिनुहोस्, सकारात्मकता दिनुहोस्’

नेपालखोज २०८० भदौ १३ गते ६:२६

हामीले देखेको मानव मनको सबैभन्दा महत्त्वपूर्ण अभिव्यक्ति भनेको अरुको निन्दा गर्नु, रुनु र गुनासो गर्नु हो । त्यस बापत उनीहरूले निन्दा, पीडा र अपराधबोध फिर्ता पाउँछन् जसका कारण मानिसले जीवनमा कहिल्यै प्रगति गर्न सक्दैन । बरु यसले ठूलो बाधाको रूपमा काम गर्छ । यदि हामि आफ्नो जीवनमा प्रगति गर्न कटिबद्ध छौं भने यो तथ्य प्रति सचेत हुनु निकै महत्त्वपूर्ण छ। यो समयको माग पनि हो ।

सकारात्मकता लिनुहोस् र सकारात्मकता दिनुहोस्

सबैले आफ्नो जीवनमा यो कुरा मनन र अभ्यास गर्न आवश्यक छ। यो सत्यलाई जीवनमा ग्रहण गरेर आफ्नो जीवनको दुःख र पीडालाई सुख र अवसरमा बदल्न सकिन्छ ।

सकारात्मकताको अभ्यासले हामीलाई भित्रबाट सशक्त बनाउँदै हाम्रो विकासलाई अघि बढाउँछ । यो धेरै सरल छ र सजिलै व्यवहारमा ल्याउन सकिन्छ । यो केवल आध्यात्मिक साधकहरूमा मात्र सीमित छैन, सबैले यसलाई व्यवहारमा उतारेर आफ्नो जीवनमा गहन परिवर्तनहरू देख्न सक्छन्।

मानिसको दिमाग यति धेरै नकारात्मकताले भरिएको छ कि उ चारैतिरबाट नकारात्मकताले घेरिएको छ । व्यक्ति भ्रमले भरिएको नकारात्मक संसारमा कैद हुन्छ, जुन डर, घृणा, पीडा र हिंसाका रूपमा प्रकट हुन्छ । मनको यो नकारात्मक अवस्थाले व्यक्तिगत र सामूहिक रूपमा मानिसहरूलाई गाह्रो बनाउँछ । त्यसैले उनीहरु कठिन परिस्थितिको सामना गर्न बाध्य छन् । यसले उम्कने बाटो पनि दिँदैन । जबसम्म मन यो अवस्थामा पुग्दैन, तबसम्म उसले मानवीय मूल्यहरू पनि बुझ्दैन ।

अहिलेको समयमा आएको परिवर्तनले बिस्तारै सबैले सकारात्मकता लिन र दिन आग्रह गरिरहेको छ । मानिसहरूद्वारा गरिएको यो सरल कार्यले धेरै मानिसलाई विश्वव्यापी परिवर्तनको हिस्सा बन्न मद्दत गर्नेछ। जब यसलाई अभ्यास गर्न थालिन्छ, हामिले यसबाट प्राप्त आनन्दको मजा लिनसक्नेछौं ।

जब हामीले सकारात्मकता प्राप्त गर्छौ हामीले सकारात्मकता नै दिनेछौं फलस्वरूप हामीलाई थप सकारात्मकताले आकर्षित गर्नेछ र हामीलाई थप सकारात्मक परिणाम प्राप्त हुनेछ । यसरी हामी आफ्नो वरपर सकारात्मकताको एउटा बलियो श्रृंखला सिर्जना गर्न सक्नेछौं र नकारात्मक विचारहरू स्वचालित रूपमा हामीबाट टाढा हुनेछन् ।

हामी ज्ञान, अनुभव, अमूल्य सल्लाह, मार्गदर्शन, सीप, सिर्जनशीलता, आफ्नो योगदान र अन्य विभिन्न माध्यमबाट आफू वरपरका सबैलाई सकारात्मकता प्रदान गर्न सक्छौं । जब यो हामीलाई स्वाभाविक लाग्छ तब यसलाई अभ्यास गर्न सकिन्छ । केवल यसलाई राम्रो कामका रूपमा अभ्यास गर्नुपर्छ । यो हाम्रो व्यक्तित्वलाई सशक्त बनाउन र यसलाई परिष्कृत गर्न मद्दतकारी साबित हुनेछ ।

वेदमा भनिएको छ- राजहाँसले दूधमा मिसिएको पानीबाट पानी छुट्याएर मात्र दूध पिउँछ । त्यसैगरी सकारात्मकतालाई नकारात्मकताका साथ दिए पनि सकारात्मकता मात्र लिने अभ्यास गर्नुपर्छ । यसको अर्थ नचाहिने अनावश्यक विचारहरूलाई त्याग्नु र आवश्यक अनि सकारात्मक विचारहरू मात्र स्वीकार गर्नु हो ।

प्रतिक्रिया