नेपालले आज मलेसियासँग खेल्दै

नेपालखोज २०८० भदौ १४ गते ६:५६

काठमाडौं । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल आज बिहान ७ : १५ मा मलेसियको कलालाम्पुरमा रहेको बायुमास ओभलमा सुरु हुनेछ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि२० क्वालिफायर खेल्न पाउनेछन् ।

नेपालको टोली :

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

प्रतिक्रिया