अहंकार र क्रोधले कसैलाई मद्दत गर्दैन

नेपालखोज २०८० भदौ १५ गते ६:३६

के तपाईंले कहिल्यै कसैको दुर्व्यवहारको शान्त रूपमा जवाफ दिने कुरा वा कुनै दिन तपाईं त्यसो गर्न सक्षम हुनुहुनेछ भन्ने कुरा सोच्नुभएको छ ? सायद छैन १ हामी अक्सर कसैको दुर्व्यवहारमा डरले मात्र मौन बस्न सक्छौं, नत्र हामी यति छिट्टै अपमानित महसुस गर्छौं कि अगाडिको व्यक्तिले अज्ञानता वा मूर्खताका कारणले यो दुर्व्यवहार गरिरहेको छ भनेर हामी सोच्दैनौ । यसमा अपमान महसुस गर्नुको सट्टा यसलाई ह्यान्डल गर्ने अन्य तरिकाहरू हुन सक्छन् ।

हामी सामान्य मानिसमा व्यवहार र प्रकृतिको कमजोरी हुन्छ जसका कारण हामी यससँग सम्बन्धित दूरगामी परिणामका बारेमा कहिल्यै सोच्दैनौं । हाम्रो सानो सावधानी वा धैर्यताले कसैको जीवनमा परिवर्तन ल्याउन सक्छ । आउनुहोस्, यससँग सम्बन्धित कबीरदासको यो कथा बुझौं ।

भनिन्छ कबीर दास कहिल्यै रिसाउनु भएन । एक पटक केही उरन्ठेउला केटाहरू उहाँलाई रिस उठाउने उद्देश्यले कबीर दास कहाँ पुगे । त्यसमा एकजना युवक निकै धनी थिए । उसले कबीर जीको पसलबाट एउटा साडी उठाए र सोधे – ‘यो साडी कतिमा दिने हो रु’ कबीर जीले भने– ‘दश सिक्का’ । उनलाई जिस्काउन केटाले सारीलाई दुई टुक्रामा काट्यो र एउटा टुक्रा हातमा लिदै भन्यो– ‘मलाई पुरै साडी चाहिँदैन, आधा चाहियो । यसको कति मुल्य चुकाउनु पर्छ रु’ कबीर जीले नरिसाइ एकदमै शान्त भएर जवाफ दिए – ‘५ सिक्का । उनको कुरा सुनेर केटाले त्यो टुक्रालाई थप दुई भागमा बाँडेर मूल्य सोध्यो । कबीर जीले शान्त भएर मूल्य भने– ‘अढाई सिक्का’।

त्यो युवक अझै रोकिएन तर सारीलाई टुक्रा/टुक्रा पार्दै मुल्य सोधिरह्यो । अन्त्यमा उसले भन्यो ( ुअब मलाई यो साडी चाहिँदैन। यी टुक्राको मलाई के काम रु’ कबीर जीले शान्त भएर जवाफ दिए– ‘बाबु १ अब तिम्रो के कुरा, यी टुक्रा कसैलाई पनि काम लाग्दैन। अब त्यो युवक आफ्नो काम देखेर लज्जित हुन थाल्यो । तैपनि उसले घमण्ड गर्दै भन्यो– ‘मैले जे हानि पुर्याएको छु त्यसको क्षतिपूर्ति दिन्छु । कबीर दासले भने- ‘जब तिमिले सारी लिएका छैनौं भने म कसरी पैसा लिन सक्छ’ ?

युवकको अहंकार सकिएको थिएन । उसले भन्न थाल्यो – ‘म धेरै धनीको छोरा हुँ । मैले सिक्का दिएँ भने मलाई केही फरक पर्दैन तर तिमी यो घाटा कसरी सहन्छौ ?’ संत कबीरले मुस्कुराउँदै भने– ‘यो घाटा तिमीले भर्न सक्दैनौ । यो साडी बनाउन किसानले कपास फलाए , मेरी श्रीमतीले त्यो कपासबाट धागो कातिन् । मैले यसलाई रंगाएर बुनेको छु । कडा परिश्रम तब सफल हुन्छ जब कसैले यसलाई लगाउँछ । तर तिमिले यसलाई टुक्रा-टुक्रा पारिदियौ यो घाटा सिक्काले कसरी पूर्ति गर्ने ?

अब केटा लाजले पानी ( पानी भयो। उ कबीर दासको पाउमा परेर माफी माग्न थाल्यो । त्यसमा कबीर दासले भने– ‘मैले तिमीबाट सिक्का लिएको भए तिमीले अहिले बुझेको कुरा कहिल्यै बुझ्न सक्दैनथ्यौ । त्यो सिक्काले मेरो उद्देश्य पूरा गर्दथ्यो तर तिम्रो जीवन यो साडी जस्तो बेकार हुनेथिय‍ । तिमिले आज जे सिकेका छौ त्यो सारीको मूल्य भन्दा धेरै मूल्यवान छ ।

प्रतिक्रिया