बहराइनसँग खेल्दै नेपाल

नेपालखोज २०८० भदौ १५ गते ८:५०

काठमाडाैं । नेपालले आईसीसी महिला टी- ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा क्वालालाम्पुरमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा नेपालल घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।

नेपालले आइतबार भुटान, मंगलबार कतार र बुधबार यूएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी- ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।

प्रतिक्रिया