धुलियाविट–भेडाबारी खण्ड एक वर्षभित्र सम्पन्न हुने

नेपालखोज २०८० भदौ १६ गते १६:१५

सुर्खेत । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पूर्वीखण्ड धुलियाविट–भेडाबारी सडक एक वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ । राजमार्गको ट्र्याक खुलेको ४८ वर्षपछि कालोपत्र हुन लागेको हो ।

विसं २०३२ मा राजा वीरेन्द्र सुर्खेतमा आउँदा राजालाई देखाउनका लागि धुलियाविट–भेडाबारी सडक निर्माण थालिएको थियो । निर्माण थालिएको लामो सयमसम्म पनि स्तरोन्नतिको काम हुन सकेको थिएन् ।

लामो समयदेखि रुख कटानको अनुमति नपाउँदा निर्माणको काममा अवरोध भएकामा अहिले रुख कटानको अनुमति पाएसँगै सडक स्तरोन्नतिको काम अगाडि बढेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले बताए ।

मदन भण्डारी राजमार्गको सुर्खेत पूर्वीभागमा ३५ किलोमिटर छ भने पश्चिममा भागमा ९४ किलोमिटर रहेको छ ।

प्रतिक्रिया