डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल १५ दिनभित्र तिर्नू : विद्युत प्राधिकरण
नेपालखोज
२०८० भदौ १७ गते ८:२४

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिगतमा लोडसेडिङको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकले महसुल बक्यौता तिर्न सूचना जारी गरेको छ ।
प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै महसुल बक्यौता १५ दिनभित्र नतिरे विद्युत् महसुल संकलन विनियमावलीमा भएको व्यवस्थाबमोजिम लाइन काटिने चेतावनीसमेत दिएको छ ।
ऊर्जा मन्त्रालयको अध्ययनमा २०७२ साउनदेखि २०७७ जेठसम्मको अर्थात लोडसेडिङ अन्त्य पछिको अवधिसम्मको बक्यौता र जरिवाना गरी करिब २० अर्ब प्राधिकरणले असुल गर्न बाँकी छ ।
सम्बन्धित

प्रतिक्रिया