जनकपुरमा मिटरव्याज पीडितको प्रदर्शन

नेपालखोज २०८० भदौ १७ गते १९:४३

जनकपुरधाम । मिटरव्याज पीडितहरुले जनकपुरधाममा प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको अगुवाईमा मिटरब्याज पीडितहरुले जनकपुरमा प्रदर्शन गरेका हुन् ।

मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका नरा प्रदर्शनमा लगाएका थिए ।

मागहरु कार्यान्वयन नभएमा थप आन्दोलनको कार्यक्रम गर्ने संघर्ष समिति धनुषाका अध्यक्ष राजाराम यादवले चेतावनी दिए । त्यसबाट हुने क्षतिपूर्तिको जिम्मेवारी सम्बन्धित निकायले व्यहोर्नुपर्ने संघर्ष समितिका संयोजक विजय महतोले बताए ।

प्रतिक्रिया