ग्रे पार्ट हेर्न किन जरुरी छ ?

जब कसैको चरित्र र व्यवहारको कुरा आउँछ अक्सर मानिसहरू सबैलाई सही वा गलतको दृष्टिकोणबाट हेर्छन् । हामीमध्ये धेरै जसो मानिस यस्ता छौं जसले जो कसैलाई पूर्णतया गलत वा पूर्णतया सही मान्छौं । हाम्रा लागि यसमा कुनै मध्यमार्ग छैन । मानौं चोरले चोर्यो भने चोर । तर तीन दिन अगाडि उसले ट्रफिक सिग्नलमा उभिएकी भोको केटीलाई खाना ख्वाएको कुरा हामी बिर्सन्छौं ।
उसले बाध्यता वा बानीका कारण चोरी गर्यो तर उसको एउटा गल्तीले उसको जीवनभरको राम्रो कर्मलाई ओझेलमा पार्यो र उ सधैं चोर नै रह्यो । रामायणको उदाहरण !!! रामायणको एउटा पात्र जसको नामले धेरै मानिसलाई घृणा, दुःख र क्रोधले भरिदिन्छ । ‘कैकेई’ जसलाई रामायणको सबैभन्दा कुटिल, घृणित र स्वार्थी महिला पात्र मानिन्छ । यो छवि हामीले बनाएको होइन । महाकवि तुलसीदास आफैंले पनि उनलाई दोषी मानेका छन् र वाल्मीकि रामायणमा उनका बारेमा निन्दा गरिएको छ ।
कैकेयीले रामलाई निर्वासन गर्नुको कारण हामीले कहिल्यै देखेका छैनौं, न त कैकेयीले महिला भएर युद्धमा महाराज दशरथको ज्यान जोगाइन् भन्ने देखेका छौं । कैकेयीले रामलाई वनवासमा नपठाएको भए बलाढ्य र अत्याचारी रावणको पतन कसरी हुन्थ्यो भन्ने कुरा पनि हामी देख्दैनौं । कैकेयीको एउटा कर्म देखेर हामी कैकेयीको सम्पूर्ण चरित्रको खाका कोर्छौ । हामी वरपरका मानिसहरू प्रति पनि त्यस्तै व्यबहार गर्छौं।
कसैले गालीगलौज गरे त्यसको पछाडिको कारण, परिस्थिति वा अन्य कुनै कारण हेर्दैनौँ । हामी उसको गालीगलौजमा अडिएर त्यसो गर्ने व्यक्तिलाई दोषि ठहर गर्छौँ ।
ग्रे पार्ट के होरु ग्रे पार्ट किन महत्त्वपूर्ण छरु सही र गलतलाई बीचमा राखेर सोच्नु कत्तिको फाइदाजनक छरु यी सबै कुराहरूमा छलफल गर्न जरुरि र महत्त्वपूर्ण छ किनभने दैनिक जीवनमा हामी धेरै मानिसहरू भेट्छौं जसले हामीलाई कुनै न कुनै रूपमा प्रभाव पार्छन् ।
यदि हामीले सबैलाई सहि वा गलतको दृष्टिकोणबाट हेर्यौं भने अन्त्यमा थोरै व्यक्तिहरू मात्र रहन्छन् जसको साथमा हामी अगाडि बढ्न सक्छौं । यो ग्रे पार्टको तस्वीर यहीँ देखा पर्छ । ग्रे ९ खैरो ० भनेको सेतो र कालोको मिश्रण हो अर्थात् अलिकति सही र अलिकति गलत । मानौं तपाईं काम गर्ने अफिसमा तीन जना साथी सधैंसँगै हुनुहुन्छ ।
एक दिन तपाइका ती दुई जना साथी बिच झगडा भयो र एकले अर्कोलाई गालीगलौज गरे । तपाईलाई पनि यो कुरा नराम्रो लाग्यो । यो अवस्थाका बारेमा १ मिनेट सोच्नुहोस् र कल्पना गर्नुहोस् कि यो तपाइँको समूहमा भयो र तपाईं तेस्रो साथी हुनुहुन्छ जसले यो सबै हेर्दै हुनुहुन्छ । तपाईंको प्रतिक्रिया के हुन्छ ?

प्रतिक्रिया