सोमबार, जेठ ६, २०८२

एसियन कप क्रिकेट : नेपाल र भारतबीचकाे ऐतिहासिक खेल आज

नेपालखोज २०८० भदौ १८ गते ६:३६

काठमाडौं । नेपाल र भारतबीचकाे ऐतिहासिक खेल आज हुँदै छ । एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक खेल हुन लागेकाे हाे । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुनेछ ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपाल यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्विकार गरेपछि नेपाली टोली पाकिस्तानवाट श्रीलंका पुगेको हो । वर्षाका कारण खेल हुन नसके पछि भारत भने पाकिस्तासँग अंक बाडदै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

प्रतिक्रिया