प्रतिनिधिसभाको बैठक बस्दै, तीन मन्त्रालयसम्बन्धी प्रश्नाेउत्तर

नेपालखोज २०८० भदौ १८ गते ७:०३

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरू सोधिने र तिनको उत्तर दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० निर्णयार्थ प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया