शनिबार, जेठ ५, २०८१

वीर अस्पतालबाट हाम फालेर एक पुरुषको मृत्यु

नेपालखोज २०८० भदौ १८ गते १२:११

काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् ।

सूचना अधिकारी मिश्रका अनुसार घटना आज बिहान करिब २/३ बजेतिरको हो । उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए ।

प्रतिक्रिया