राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

नेपालखोज २०८० भदौ १८ गते १२:१६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

सोमबार बिहान शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएका छन् । साथै, भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया