कविता : दास जन्मियो
बसन्त बस्नेत
२०८० भदौ १९ गते ९:४०

तिमिले जन्माएको बालकको नाम,
जे जस्तो भएपनि,
लिङ्गले उ पुरुष या महिला,
जे जस्तो भएपनि ,
फगत उ एक दास हो,
भनिदिनु मालिक लाई गएर,
अर्को दास जन्मियो भनी,
बस यति ख्याल राख्नु,
कि उसको चेतनाको स्तर बढ्नै नदिनु,
फगत उ दास हो,
सूट, पाइन्ट, आभूषण लगाउने,
महँगो, महँगो गाडीमा चढ्ने दास।
सम्बन्धित
प्रतिक्रिया