एउटा पनि नदी नभएका देशहरु कुन-कुन हुन् ?

काठमाडाैं । पृथ्वीमा खोला वा नदि नभएको सायदै कुनै ठाउँ होला । विश्वको दुई तिहाइ भूभाग पानीले ढाकेको छ, तर कतिपय देश यस्ता छन् जहाँ एउटा पनि नदी छैन । नेपालको नदी प्रणालीको कुरा गर्ने हो भने ठूला वा साना नदीहरू नभएको सायद कतै होला । यद्यपि कतिपय देश यस्ता छन् जहाँ सानो नदी पनि छैन ठूला नदीको त कुरै छोड्नुहोस् ।
कोमोरोस
दक्षिण पूर्वी अफ्रिकामा अवस्थित कोमोरोस तीनवटा टापु मिलेर बनेको छ तर यहाँ कुनै नदी छैन।
भ्याटिकन शहर
यो संसारको एक मात्र यस्तो देश हो जुन जनसंख्या र क्षेत्रफल दुवैमा सानो छ, तर नदीको कुरा गर्दा यहाँ निराशा मात्र हात लाग्छ ।
साउदी अरब
यो देशको उल्लेख हुनासाथ आँखा अगाडि मरुभूमि देखिन थाल्छ । यहाँ साना ठूला नदिहरु प्रायः सुक्खा नै रहन्छन् । यो देशमा कुनै स्थायी नदी छैन ।
टोंगा
यो १७१ वटा टापु मिलेर बनेको देस हो जसमध्ये ४१ वटा टापुमा मानव बसोबास छ। टापु भनेको जमिनको त्यो भाग हो जुन चारैतिरबाट पानीले घेरिएको हुन्छ। पानीले घेरिए पनि यहाँ स्थायी खोला भने छैन ।
बहराइन
यो एसियाको सबैभन्दा सानो देश मध्ये एक हो। यसको कुल क्षेत्रफल ७६० वर्ग किलोमिटर छ । यो देशको नजिक समुन्द्र छ तर यहाँ नदी छैनन् ।
मालदिभ्स
यो साना टापुहरूको समूह हो तर यहाँ नदीहरू पाइँदैन । यहाँका टापुहरु नुनिलो पानीले घेरिएका छन ।
प्रतिक्रिया