सरकारले असोज १ गतेदेखि संयुक्त बजार अनुगमन गर्ने

नेपालखोज २०८० भदौ १९ गते २१:०९

काठमाडौं । सरकारले असोज १ गतेदेखि संयुक्त बजार अनुगमन गर्ने भएको छ । दसैं, तिहार र छटलगायत मुख्य चाडपर्वलाई लक्षित संयुक्त रुपमा बजार अनुगमन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी रोक्न जिल्ला प्रशासन कार्यालयसहित उपभोक्तासँग सरोकार राख्ने ९ वटा विभागका अधिकारी सम्मिलित कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने तयारी रहेको बताए ।

चाडपर्वमा हुने कालोबजारी र मनपरी मूल्यवृद्धि रोक्न अनुगमन गर्न लागिएको उनको भनाइ छ । संयुक्त अनुगमनमा यातायात, राजमार्ग छेउछाउका होटल तथा रेष्टुराँ, खुद्रा तथा थोक पसल र बजार, खाद्यान्न, माछामासु, दूध, पानी, मिठाइ, दूध, लत्ताकपडा, फलफूल लगायतका क्षेत्र प्राथिमिकतामा छन् ।

प्रतिक्रिया