जी–२० सम्मेलनलाई चीनको समर्थन, द्विपक्षीय सम्बन्ध बलियो बनाउन काम गर्ने सीको भनाइ

बेइजिङ । चीनले भारतमा हुन गइरहेको जी–२० शिखर सम्मेलनको समर्थन गरेकोछ। चिनियाँ राष्ट्रपति सी जिनपिङ सम्मेलन नजाने भएपछि उनको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ली कियाङ जाने भएका छन् ।
मंगलबार चिनियाँ विदेश मन्त्रालयले सूचना जारी गर्दै सम्मेलनका लागि भारतरले दिएको निम्तो स्वीकार गरेको बताएको छ। ‘हामी सबै सदस्यसँग मिलेर सम्मेलन सफल बनाउनका लागि मिलेर काम गर्न तयार छौँ,’ सूचनामा भनिएको छ, ‘चीन–भारतको सम्बन्ध स्थिर छ। यस्तै विभिन्न चरणमा वार्ता पनि गर्दै आइरहेका छौँ।’
यता भारतीय विदेश मन्त्री जयशंकरले सम्मेलनमा चीन र रुस सहभागी नहुनुले भारतलाई कुनै असर नपर्ने बताएका छन् । दुवै देशका राष्ट्रप्रमुख नआए पनि त्यसको प्रतिनिधित्व गर्दै प्रतिनिधि बैठकमा सहभागी हुने भन्दै विदेशमन्त्री जयशंकरले यस्तो घटना पहिलोपटक मात्रै नभएको स्पष्ट पारेका छन् ।
सम्मेलनमा चीनले आफ्नो भूमिका स्वयं तय गर्छः अमेरिका
चीनले भारतसँगको सम्बन्ध स्थिर रहेको र दुवै देशको सम्बन्ध लगातार कसिलो बन्दै गइरहेको बताएको छ। तर सम्मेलनमा के भूमिका निभाउने भन्ने स्वयं चीनले नै तय गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ।
गलवान झडपपछि बढेको तनाव
चीन–भारतबीच २०२० मा गलवान क्षेत्रमा झडप भएको थियो। त्यसपछि लगातार यी देशको सम्बन्ध तनावपूर्ण छ। गत महिना ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङबीच संवाद भएको थियो। सो वार्तामा दुवै नेताबीच सम्बन्ध सुधार्ने र लद्दाख क्षेत्रमा रहेका सैनिक घटाउने सहमति जुटेको थियो।
चीनको नयाँ नक्सामा भारतको भूभाग
२९ अगस्टमा चीनले नयाँ नक्सा जारी गर्यो। नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश र अक्साईलाई चीनले नक्सामार्फत आफ्नो हिस्सा भएको बताएको छ। यस्तै उसले ताइनवान र दक्षिण चिनियाँ समुद्रलाई पनि आफ्नो क्षेत्रमा समेटेको छ।
नयाँ नक्साबारे बोल्दै चीनले २०२३ को नयाँ संस्करण जारी गरेको र यो सामान्य प्रक्रिया रहेको जनाएको थियो।
आन्तरिक मामिलामा फसे सी
समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति सी घरेलु अवस्थामा बढी केन्द्रित छन् । कारण, त्यहाँको आर्थिक वृद्धि तीव्र गतिमा कम हुँदै गइरहेको छ। त्यहाँको खराब अर्थतन्त्रका लागि घरजग्गा क्षेत्र जिम्मेवार छ।
पछिल्लो दुई दशकमा घरजग्गा कारोबार क्षेत्र अकल्पनीय रुपमा बढेको थियो। तर कोभिड महामारीका कारण प्रोपर्टीको माग ह्वात्तै घट्न पुग्यो। यसले घरजग्गाको मूल्य निकै कम भएको छ।
प्रतिक्रिया