छात्रालाई यौन दुर्व्यवहार गर्ने पाकिस्तानी प्रिन्सीपल पक्राउ
नेपालखोज
२०८० भदौ २१ गते ११:२७

काठमाडाैं । पाकिस्तानमा एक प्रिन्सिपलले ४५ महिला तथा छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको खुलेको छ।
कराँची सहरबाट बलात्कारी प्रिन्सिपल इरफान गफुर मेमनले दिएको पीडा र यातानाको खबर बाहिर आएसँगै उनको कर्तुत खुलासा भएको हो।
समाचार अनुसार ४५ महिलासँग ब्लाकमेल र केहीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका छन्। उनको मोबाईलबाट कैयौं महिलाको भिडियो पनि फेला परेको छ,जुन विद्यालयको सीसीटीभीमा कैद भएको थियाे।
विद्यालयमा केही क्यामेरा लुकाएर राखेका थिए, जसमा रेकर्डिङ गरेर उनले महिला शिक्षक र छात्राहरूलाई ब्ल्याकमेल गर्ने गर्थे। अनुसन्धान टोलीले उनको सेलफोनबाट यस्तै २५ वटा छोटो भिडियो क्लिप पनि बरामद गरेको छ।
सम्बन्धित
प्रतिक्रिया