मंगलबार, असार १०, २०८२

कोशी प्रदेश : मुख्यमन्त्री उद्धव थापा पदमुक्त, विश्वासको मत असंवैधानिक

नेपालखोज २०८० भदौ २१ गते १९:०५

कठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेसँगै उनी पदमुक्त भएका हुन् ।

थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।

गत भदौ ७ मा सर्वोच्चले संवैधानिक नैतिकता, संसदीय अभ्यास र अदालतको आदेशविपरीत भएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश गरेको थियो ।

यही प्रकृतिको मुद्दामा यसअघि सर्वोच्च अदालतले यस अघि पनि कोशी प्रदेश सरकारलाई अवैधानिक घोषित गरिसकेको थियो । आफ्नो आदेशलाई अनदेखा गर्दै पुनः त्यही प्रक्रियाबाट विश्वासको मत लिने कामलाई सर्वोच्चले ‘संवैधानिक नैतिकता’ विपरीतको भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया