नेपालखोजमा दिनभरकाे खबर सारांश !
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ ।
यही भदौ २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन आग्रह गरिएको छ ।
सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ ।
। साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेर रोकिएको छ । नेप्से आज २८ दशमलव २९ अंकले घटेर १९ सय ३२ दशमलव ४५ अंकमा झरेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग)ले राष्ट्रिय कृषिगणना, २०७८ को नतिजा आज सार्वजनिक गरेको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ ।
नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुुद्दती निक्षेपको रुपमा २०८० असोज दुई गतेदेखि २०८१ असोज तीन गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
प्रतिक्रिया