आइतबार, वैशाख ३०, २०८१

तौल बढाउन यी खानेकुरा खानुहोस्

नेपालखोज २०८० भदौ २४ गते १२:४८

मानिसहरूले कमजोर र पातलो शरीरको मजाक गर्न छोड्दैनन् । कसैले यसलाई सुक्खा हाँगा भन्छन् र कसैले यसलाई ह्याङ्गर भन्छन् । तौल बढाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय आफ्नो खानामा क्यालोरीको मात्रा बढाउनु हो । त्यसको साथै तपाईँले अरूबेला भन्दा अलि बढी खाने बानी पनि बसाल्नुपर्दछ ।

बिहानको खाजा कहिल्यै छोड्नु हुँदैन । तौल बढाउने मानिसले सधैं बिहानको खाजा खानुपर्छ । यसमा स्वस्थकर खानेकुरा खानुपर्छ । तौल बढाउनका लागि बिहानको खाजामा २–३ अण्डा, २ टोस्ट र एक गिलास फुल क्रीम मिल्क समावेश गर्नुपर्छ । यसबाहेक तौल बढाउनका लागि बिहानको खाजामा दलिया, ओट्स, परान्ठा, उपमा वा पोहा पनि खान सकिन्छ । एक महिनासम्म लगातार भारी खानेकुरा खाँदा तौल बढ्न मद्दत पुग्छ ।

भात

तपाईले तौल बढाउन भात खान सक्नुहुन्छ, यो उच्च क्यालोरी र उच्च कार्बोहाइड्रेटयुक्त खाना हो । तर खानपानका साथसाथै व्यायाममा पनि ध्यान दिनु आवश्यक छ ताकि तौल स्वस्थ रहन सकियोस् । जुन प्रीबायोटिक खाना हो र यसले क्याल्सियम, बोसो र अन्य धेरै पोषक तत्वहरू प्रदान गर्दछ ।

अन्डा

अन्डालाई उच्च प्रोटिनयुक्त आहारा मानिन्छ । एउटा अन्डाको सेवनले शरीरमा लगभग ७० क्यालोरी प्राप्त हुन्छ । अन्डामा अत्यधिक मात्रामा प्रोटिन्स र मिनरल्स हुन्छ । अन्डाको पहेँलो भागमा फ्याट पनि हुन्छ । त्यसैले अन्डा खाँदा पनि वजन छिट्टै बढ्छ ।

पास्ता

पास्ता उच्च क्यालोरीयुक्त खानेकुरा हो । यसमा कार्बोहाइड्रेट्सको मात्रा पनि पर्याप्त हुन्छ । त्यसैले तौल बढाउने एउटा विकल्प पास्ता पनि हो । पास्तालाई अझै स्वस्थकर बनाउनका लागि यसमा फरक फरक प्रकारका प्रशस्तै तरकारी हाल्न सकिन्छ । रेड सस पास्ताको तुलनामा ह्वाइट सस पास्ता खानाले वजन तीव्ररुपमा बढ्छ

आलु

आलुमा कार्बोहाइड्रेट्सको मात्रा भरपूर हुन्छ, जसले शरीरलाई जरुरी पोषण दिन्छ । यसका साथै यसमा स्टार्च, फाइबर र भिटामिन सी प्रचुर मात्रामा हुन्छ । त्यसैले आलु खानाले वजन छिटो बढ्छ । आलुको बोक्रामा पनि प्रोटिन हुन्छ । त्यसैले यसलाई राम्ररी सफा गरेर बोक्रासहित खानुपर्छ ।

दूध

दुधमा क्याल्सियम र अन्य कयौं मिनरल्सहरु हुन्छन् जसले शरीरको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । तीव्ररुपमा वजन बढाउनका लागि हरेक विहान एक गिलास छाली लागेको दुध पिउनुस । ए गिलास दूधमा १३० देखि १५० क्यालोरी हुन्छ । यसका अलावा वजन बढाउनका लागि बटर पनि खुब खानुपर्छ ।

बदाम-काजु

यदि छिटो वजन बढाउने मन छ भने काजू, किसमिस, बदाम र ओखरले सघाउनेछन् । यी चिजहरुबाट शरीरलाई उच्च क्यालोरी मिल्छ । यसमा अत्यधिक फाइबर र एन्टिअक्सिडेन्ट्स पनि हुन्छ जसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ र विकासमा सहयोग गर्छ ।

तरबूज

तरबूजसँग गुड खाँदा मात्र १ महिनामा तौल बढाउन सकिने चिकित्सकले बताएका छन् । तरबूजले फाइबर, प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, पोटासियम, भिटामिन बी र प्राकृतिक चिनी प्रदान गर्छ ।

प्रतिक्रिया