आइतबार, असार १, २०८२

यी चलचित्रले संझना दिलाउँछन् कलेजका दिन

नेपालखोज २०८० भदौ २५ गते १७:५५

काठमाडाैं । ये जवानी है दिवानी भेकेसनमा हिडेका कलेज विद्यार्थीहरूको कथामा आधारित यो चलचित्रमा देखाइएको प्रेम र गीत सबै उत्कृष्ट छन् ।

‘कुछ कुछ होता है’ का अञ्जली र राहुलले अहिले पनि दर्शकको मनमा राज गरिरहेका छन् । यो भूमिका शाहरुख र काजोलले निर्वाह गरेका थिए ।

‘फुकरे’ को दुई भाग प्रदर्शनमा आएका छन्, जसमा स्कुलपछिको कलेज लाइफ र अनेकन गोलमाल आदि देखाइएको छ भने यसको नयाँ भाग तयार हुँदैछ ।

‘स्टुडेन्ट अफ द इयर’ मा आलिया, सिद्धार्थ र वरुण देखिएका थिए । फिल्ममा हृदय, मित्रता र प्रेम तीनवटै कुरा थिए ।

गोलमालको पहिलो भागमा कलेज लाइफ र र त्यसमा हुने ड्रामा देखाइएको थियो ।

‘यारिया’ मा कलेज लाइफलाई निकै रमाइलो ढंगले देखाइएको छ ।

‘जाने तू… या जाने ना’ एउटा उत्कृष्ट फिल्म हो जसले जेनेलिया र इमरान खानको सम्बन्धलाई देखाउँछ।

‘फालतु’ अनौठो कथामा आधारित चलचित्र हो । यसमा ज्याकी भगनानीसँगै थुप्रै कलाकार देखिएका थिए ।

यो सुचिमा ‘थ्री इडियट्स’ पनि छ, जसमा आमिर, आर माधवन र शरमन जोशीको गहिरो मित्रता देखाइएको थियो।

‘छिछोरे’ मा कलेजको होस्टल लाइफ रमाइलो ढंगले देखाइयो । यसमा सुशान्त सिंह राजपुत र श्रद्धा कपुरको जोडी निकै रुचाइएको थियो ।

प्रतिक्रिया