प्रधानमन्त्रीसहित शीर्ष नेता शिक्षण अस्पतालमा

नेपालखोज २०८० भदौ २६ गते ५:५४

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्री प्रचण्डसँगै सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू अस्पताल पुगेका हुन् ।

हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनलाई बालुवाटारस्थित निवासमै हृदयघात भएको थियो। 

प्रतिक्रिया