भारत र श्रीलंकाबीचको खेल वर्षाका कारण अवरुद्ध
नेपालखोज
२०८० भदौ २६ गते १८:५०

काठमाडाैं । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको भारत र श्रीलंकाबीचको खेल वर्षाले अवरुद्ध भएको छ । कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४७ ओभरमा ९ विकेटको क्षतीमा १९७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।
जसमा कप्तान रोहित शर्मा ५३,शुभमन गिल १९,विराट कोहली ३,इशान किसन ३३,केएल राहुल ३९,हार्दिक पान्ड्या ५, रविन्द्र जडेजा ४,जसप्रित बुमराह ५ रनमा आउट भए ।
श्रीलंकाका दुनिथ वेलालेजले ५,हरिता असलंकाले ४ विकेट लिए । सुपर फोरको पहिलो खेल जितेका दुबै टोली आज दोस्रो जितको खोजिमा छन् । आजको खेल जित्ने टोलीको फाइनल पुग्ने सम्भावना पनि बलियो हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया