श्रीलंकालाई  ४१ रनले हराउँदै भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

नेपालखोज २०८० भदौ २७ गते ६:२४

काठमाडाैं । घरेलु टोली श्रीलंकालाई  ४१ रनले हराउँदै भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको  खेलमा भारतले दिएको २१४ रनको लक्ष्य पन्छाएको श्रीलंका ४३ दशमलब ३ ओभरमा १७२ रनमा अलआउट भयो ।

यसअघि  भारतले पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ ।

श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ ।  सुरुवाती दुई हारका साथ बंगलादेश भने फाइनल दौडबाट बाहिरिएको छ । 

प्रतिक्रिया