सोमबार, वैशाख १७, २०८१

जहाँ सवारी साधन चलाउन पाइदैन

नेपालखोज २०८० भदौ २७ गते १३:०३

काठमाडाैं । एजियन सागरका अन्य टापुहरू जस्तै हाइड्राको ग्रीक टापु यसको प्राकृतिक सौन्दर्य र सुगन्धका लागि परिचित छ। यो टापुमा कुनै पनि प्रकारका सवारी साधन चल्दैनन्। यहाँ हर्न बजाउन निषेध छ।

हाइड्रा आइल्याण्डमा फायर फाइटर , फोहोर फाल्ने ट्रक तथा एम्बुलेन्सहरू बाहेक प्रत्येक सवारी साधन माथि प्रतिबन्ध छ ।हाइड्रा टापुमा २ हजार ५ सय मानिसको बसोबास छ। ति बासिन्दा यात्रा गर्न गधा र साना घोडाहरू प्रयोग गर्छन्।

हाइड्रा आइल्याण्डका घरहरू परम्परागत ढुङ्गाबाट बनेका छन्। यसका साथसाथै यहाँको प्राचीन कला पनि निकै प्रसिद्ध छ ।

प्रतिक्रिया