मंगलबार, असोज १, २०८१

आज विश्व सेप्सिस दिवस

नेपालखोज २०८० भदौ २७ गते १५:२९

काठमाडाैं । आज सेप्टेम्बर १३ अर्थात् ‘विश्व सेप्सिस दिवस’ । सेप्सिसबारे जनचेतना फैलाउने मूल उद्देश्यका साथ ग्लोबल सेप्सिस एलायन्स (जीएसए)ले सन् २०१२ देखि विश्वभर सेप्टेम्बर १३ लाई विश्व सेप्सिस दिवसका रुपमा मनाउने गरेको छ ।

नेपालमा पनि सन् २०१२ देखि नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसिसिडिएफ), क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपाल (सिसिएनएएन) र नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससिसिएम) ले यस दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व सेप्सिस दिवस मनाउने गरेका छन् ।

विगत झैँ यस वर्ष ‘सेप्सिसलाई रोकौँ, जानौँ, उपचार गरौँ र निस्तेज पारौँ’ भन्ने सन्देशका साथ विश्व सेप्सिस दिवस नेपालमा पनि मनाइएको छ । सो अवसरमा सेप्सिस वाक र आइसियू सेप्सिस क्विजजस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

प्रतिक्रिया