प्रचण्ड भ्रमणमा चिनियाँ र नेपाली किताबको अनुवाद एजेण्डा
नेपालखोज
२०८० भदौ २९ गते २०:२६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’को आसन्न चीन भ्रमणमा चिनियाँ साहित्यलाई नेपाली अनुवाद तथा नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गर्ने समझदारी हुने भएको छ ।
क्याबिनेट बैठकमार्फत् उक्त निर्णय पारित भएको एक मन्त्रीले बताए । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट पेश भएको प्रस्ताव प्रधानमन्त्री प्रचण्डको भ्रमण एजेण्डामा पर्ने भएको हो ।
प्रधानमन्त्री प्रचण्ड असोज पहिलो साता अमेरिकाबाट बेइजिङ उड्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया