सामूहिक बलात्कार आरोपमा स्याङ्जामा दुई जना पक्राउ
नेपालखोज
२०८० भदौ ३० गते १७:०४

काठमाडौं । स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।
३२ वर्षकी अपांगता भएकी महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाका अनुसार भदौ २० गते वौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा परेकी थिइन् ।
उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै जिल्ला अदालत स्याङ्जाबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया